मोरङमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

<span class='c1'>मोरङमा पहिलो पटक आमाको</span> <span class='c2'>नामबाट नागरिकता वितरण</span>

विराटनगर। मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार सोही कानुनी आधारमा माघ ७ गते बुुधबारदेखि जिल्लाका बासिन्दालाई अंगीकृत नागरिकतासँगै वंशजको आधारमा समेत नागरिकता वितरण भइरहेको छ। माघ ७ गते आमाको नामबाट पहिलो नागरिकता उपलब्ध गराएयता हालसम्म करिब ४० जनालाई नागरिकता प्रदान भइसकेको उनले जानकारी दिए।
उनका अनुसार नागरिकता वितरणसँगै कागजात संकलनको कार्य पनि निरन्तर भइरहेको छ। नागरिकता प्रदान गर्दा आवश्यक कागजातहरू ध्यानपूर्वक जाँच तथा निगरानीका साथ संकलन गरिएको पौडेलले बताए।

आमाको नामबाट नागरिकता वितरण मोरङ जिल्लामै पहिलो पटक भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पहिलो पटक वितरण सुरु भएकाले सेवाग्राहीको भीड बढेको र त्यसलाई व्यवस्थापन गर्न टोकन प्रणालीमार्फत सेवा प्रदान भइरहेको जनाइएको छ। चुनावी समयसँगै कर्मचारीहरू निर्वाचन कार्यमा खटिनुपर्ने भएकाले कर्मचारी अभाव देखिन सक्ने र त्यस कारण केही दिन नागरिकता वितरण प्रक्रिया प्रभावित हुन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्