‘मोरङ जिल्ला, नगर स्तरीय आइटीएफ तेक्वान्दो’ को उपाधी इन्द्रपुर बोर्डिङ स्कुललाई

<span class='c1'>‘मोरङ जिल्ला, नगर स्तरीय आइटीएफ तेक्वान्दो’</span> <span class='c2'>को उपाधी इन्द्रपुर बोर्डिङ स्कुललाई</span>

विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।

मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय स्थान भए ।

जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु प्रदेश प्रतियोगिता हुँदै वैशाखमा काठमाडौंमा हुने आइटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । मोरङको विभिन्न डोजाङका १ सयभन्दा बढी खेलाडीहरुले प्याटन र स्पाइरिङका इभेन्ट्स प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

खेलाडीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रि तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्