धरानमा नेपाल युवा उद्यमी मन्चको गल्फ टुर्नामेन्ट हुदै

<span class='c1'>धरानमा नेपाल युवा उद्यमी</span> <span class='c2'>मन्चको गल्फ टुर्नामेन्ट हुदै</span>

 विराटनगर माघ २५ , 

नेपाल युवा उद्यमी मञ्च सुनसरी च्याप्टरले आगामी फेब्रुअरी २८, २०२६ (फागुन १६, २०८२) मा धरान गल्फ क्लबमा “नेपाल युवा उद्यमी मञ्च गल्फ टुर्नामेन्ट २०२६” आयोजना गर्ने भएको छ। एकदिने राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न शहरका उत्कृष्ट गल्फ खेलाडीहरूसँगै भारतबाट समेत खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

खेलभावना, सौहार्दता र व्यवसायिक नेटवर्किङलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यस प्रतियोगिताले खेलकुद र उद्यमशीलताको समन्वय गर्ने विश्वास गरिएको छ। उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फप्रेमीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा कार्यक्रमलाई हेरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य पूर्वी नेपालमा गल्फ खेलको प्रवर्द्धन, धरानका जुनियर गल्फ खेलाडीहरूको विकास तथा आर्थिक सहयोग, उद्यमी र व्यवसायीबीच उच्चस्तरीय नेटवर्किङ अवसर सिर्जना, तथा नेतृत्व विकास र सहकार्यको वातावरण सुदृढ पार्नु रहेको छ।

प्रतियोगिताबाट संकलित सहयोगको एक अंश धरानका प्रतिभाशाली जुनियर गल्फ खेलाडीहरूको तालिम, उपकरण तथा अन्य आवश्यक स्रोतसाधनमा खर्च गरिने जनाइएको छ। यसले स्थानीय युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।

सुनसरी च्याप्टरले उक्त प्रतियोगिताले धरानलाई उच्चस्तरीय खेलकुद तथा व्यावसायिक नेटवर्किङ कार्यक्रमको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्