मोरङ कारागारमा लागुऔषध भित्र्याउने प्रयास, दुईजना पक्राउ

<span class='c1'>मोरङ कारागारमा लागुऔषध भित्र्याउने</span> <span class='c2'>प्रयास, दुईजना पक्राउ</span>

विराटनगर । मोरङ कारगार, हाटखोला विराटनगर परिसरको बालसुधार गृहसम्म लागुऔषध प्रतिबन्धित लागुऔषध पु¥याउने प्रयास गर्ने दुईजना नियन्त्रणमा परेका छन् । विराटनगर महानगरपालिका ८ स्थित हालखोलामा रहेको कारागार परिसर भित्रै अहिले बालसुधार गृह स्थापना गरिएको छ । सुधार गृहमा २३ जना बालबिज्याँईकर्ता किशोर रहेका छन् ।

त्यसमध्ये दुईजनाको नाममा बाहिरबाट लागुऔषध भित्र्याउने प्रयास गरेको आरोपमा १३ वर्षका बालक र १९ वर्षीय किशोरलाई सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा वेसबाट खटिएको टोलिले नियन्त्रणमा लिइएको छ । गत बिहीबार साँझ ५ बजेआसपास भेटघाट गर्ने भन्दै उर्लाबारी नगरपालिका–७ का १९ वर्षीय बिष्णु पौदार कारागार परिसरमा प्रवेश गरेका थिए । त्यसबेला उनीमाथि शंका लागेर कारागार सुरक्षा बेस मोरङबाट सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमको टोलिले चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा पाइन्ट र ज्याकेटको गोजीमा लागुऔषध फेला पारिएको थियो । प्रहरी निरीक्षक गौतमका अनुसार पौदारको गोजीबाट २५० गोटा सेतो ट्याब्लेट, २६६ गोटा हरियो क्याप्सुल, नगद १५ हजार ६ सय रुपैयाँ, दुई थान मोबाइल फोन र एक थान अतिरिक्त सिम कार्ड बरामद भएको थियो । त्यसपछि नेपाल प्रहरी कारागार सुरक्षा टोलिलाई थप अनुसन्धानका लागि बुझाइएको थियो । पौदार विवेक पराजुलीलाई भेट्नका लागि स्वीकृत लिएरै प्रवेश गरेका थिए ।

यसैगरी शुक्रबार पुनः विराटनगर ६ का १३ वर्षीय बालकलाई गोजीमा गाँजा बोकेर कारागार प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको छ । उनको गोजीमा १८ ग्राम प्रतिबन्धित गाँजा र पाँचसय नगद तथा एकथान मोवाइल बरामद भएको थियो । मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार १९ वर्षीय युवक विरुद्ध मुद्दा चलाउने गरी अनुसन्धान थालिएको छ । अर्का बालकको हकमा सुधारगृहमा पठाउने गरी अभिभावकको जिम्मा लगाइएको छ । कारागार भित्रै लागुऔषध भित्र्याउन भइरहेका प्रयासले संवेदनशील क्षेत्रमा थप सुरक्षा सतर्कता बढाउनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्