विराटनगरमा ४ दिने कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हुँदै

<span class='c1'>विराटनगरमा ४ दिने कोशी प्रादेशिक</span> <span class='c2'>ललितकला प्रदर्शनी २०८२ हुँदै</span>

विराटनगर । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा विराटनगरमा चार दिने कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा हुने प्रदर्शनी माघ २९ गते विहीबार विराटनगरस्थित मारवाडी सेवा सदनमा उद्घाटन भई फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रादेशिक ललितकला प्रदर्शनी २०८२ का संयोजक प्राज्ञ सञ्जय वान्तवाका अनुसार प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा राखिने छन् ।

आयोजकका अनुसार प्रदर्शनी अवधिभर विभिन्न सिर्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन् । माघ २९ गते उद्घाटन समारोह, फागुन १ गते आर्ट वर्कसप, फागुन २ गते चित्रमाथि बहुभाषिक कविता वाचन कार्यक्रम, फागुन ३ गते विद्यार्थीहरूका लागि चित्रहरूको अवलोकन तथा अन्तक्र्रिया कार्यक्रम र फागुन ४ गते समापन तथा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिनेछ ।

प्रदर्शनीले कोशी प्रदेशका कलाकारहरूको सिर्जनालाई प्रवद्र्धन गर्नुका साथै ललितकला क्षेत्रको विकास र कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्