मोरङ सुन्दरहरैँचाबाट पेस्तोल र २ थान वाकी टकी सहित प्रेम र सिलास पक्राउ

<span class='c1'>मोरङ सुन्दरहरैँचाबाट पेस्तोल र २ थान वाकी</span> <span class='c2'>टकी सहित प्रेम र सिलास पक्राउ</span>

विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

दुवै जनालाई सोमबार साँझ ६ बजेतिर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पुगेको थियो ।


प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बू सुत्ने कोठाभित्र मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र २ थान वाकी टकी फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए । त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ ।


पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्