चोरले दुःख दिएपछि मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी–कर्मचारी र शिक्षकका लागि पोशाक अनिवार्य

<span class='c1'>चोरले दुःख दिएपछि मोरङ क्याम्पस विराटनगरमा</span> <span class='c2'>विद्यार्थी–कर्मचारी र शिक्षकका लागि पोशाक अनिवार्य</span>

विराटनगर। चोरेले पार्किङ्गमा राखेका साइकल चोरेर दुःख दिएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर अनाधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । यदि विद्यार्थी, कर्मचारी र शिक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा भिजिटर पास लिनुपर्ने भएको छ ।

क्याम्पस परिसरमा प्रवेश गर्न विद्यार्थी, कर्मचारी र शिक्षकका लागि पोशाक र परिचयपत्र अनिवार्य गरिएको छ । मोरङ क्याम्पस स्ववियु सभापति रोहित यादवले केहि न केहि सिस्टम बसाउन र क्याम्पस हाताभित्र शैक्षिक वातावरण सिर्जना गर्न पनि यो नियम आवश्यक भएको हो । त्यस बाहेक पार्किङमा राखेका साइकल चोरी भएपछि विद्यार्थीले बेहोर्नु परेको क्षति कम गर्नुपर्ने स्थिति सिर्जना भएपछि अनाधिकृत व्यक्ति प्रवेशलाई नियममा बाँध्न खोजिएको हो ।

अनाधिकृत व्यक्तिहरूको प्रवेशले क्याम्पसको शैक्षिक वातावरण र पठनपाठन प्रभावित भएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख डा.रामावतार शरणले गत माघ २२ गते नै सार्वजानिक सूचना जारी गर्दै शिक्षक र कर्मचारी समेत अनिवार्य पोशाक र परिचयपत्रका साथ आउन भनिएको छ । विद्यार्थीले पोशाक र परिचयपत्रको नियमलाई अनिवार्य पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
अनाधिकृत व्यक्तिहरुको प्रबेश भई क्याम्पसको शैक्षिक बातावरण तथा पठनपाठनमा प्रतिकुल असर परेको गुनासो बढ्दो छ । नियम पालना नगरेमा क्याम्पस हाता भित्र प्रबेश गर्न नपाईने भनिएको छ । क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू र विद्यार्थीहरूले क्याम्पसले उपलब्ध गराएको परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने जनाइएको छ ।

सभापति यादवले कसैले प्रवेश गर्नुपर्ने स्थिति आएमा उसलाई प्रवेशद्वारमा भिजिटर पास उपलब्ध गराइने छ । भिजिटर पास लिएर क्याम्पस हाताभित्र प्रवेश गर्न पाइनेछ । त्यति भएपछि क्याम्पस परिसरमा हुनसक्ने संभावित अनाञ्छित गतिविधि नियन्त्रण हुने आसा राखिएको हो । यादवका अनुसार अहिले पार्किङ्गलाई पनि अझै व्यवस्थित बनाइएको छ । पार्किङबाट पछिल्ला दिनमा साइकल चोरी बढेको भएपनि चोरी गर्नेको पहिचान गर्न नसकिएको यादवले बताए । सिसी टिभी फुटेजमा देखिएपनि व्यक्ति पहिचान हुन नसक्दा क्षति बेहोर्नु परेको उनी सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्