निर्वाचन लक्षित सुरक्षा चेकजाँच सुरु विराटनगर–रानी जोगवनी सीमामा कडाइ

<span class='c1'>निर्वाचन लक्षित सुरक्षा चेकजाँच सुरु</span> <span class='c2'>विराटनगर–रानी जोगवनी सीमामा कडाइ</span>

विराटनगर । फागुन २१ गते हुन गहिरहेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगर–रानी जोगवनी सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा चेकजाँच सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

 

सीमावर्ती नाकाबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न विस्फोटक पदार्थ, लागुऔषध तथा भारतबाट अवैध रूपमा भित्रिने मुद्रालाई लक्षित गरी सुरक्षा निकायले संयुक्त रूपमा निगरानी तथा चेकजाँचलाई तीव्र बनाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायको समन्वयमा दैनिक रूपमा सवारीसाधन, पैदल यात्रु र शंकास्पद सामग्रीको जाँच भइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट डग स्निफिङ्खबाट भारतबाट आउने यात्रुहरुको झोला,गाडीहरु चेकजाँच भईरहेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कट्टेलले भने, “निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्नु हाम्रो पहिलो दायित्व हो । सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध गतिविधि रोक्न विशेष निगरानी र कडाइ गरिएको छ । विस्फोटक पदार्थ, लागुऔषध र अवैध मुद्रा ओसारपसार हुन नदिन सबै सुरक्षा निकाय सक्रिय रूपमा परिचालित छन् ।”
उनले सर्वसाधारणलाई समेत निर्वाचनको समयमा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका छन् । प्रशासनका अनुसार निर्वाचन अवधिभर सीमावर्ती क्षेत्रसहित जिल्लाभर नियमित गस्ती, निगरानी र चेकजाँचलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्