कोशी लगानी सम्मेलनको नौ महिनामा ५० परियोजनाको कागजात पेस

<span class='c1'>कोशी लगानी सम्मेलनको नौ महिनामा</span> <span class='c2'>५० परियोजनाको कागजात पेस</span>

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर भएका परियोजनामध्ये नौ महिनामा ५० लगानीकर्ताका प्रस्ताव लगानी प्राधिकरणमा पेस भएका छन् । जसमध्ये पाँच लगानीकर्ताको प्रस्ताव परियोजना विकास सम्झौता (पिडीए) चरणमा प्रवेश गरेका छन् । कोशी प्रदेश सरकारले गत बैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । जसमध्ये दुईवटा परियोजना यहि बीचमा मर्ज भएर साझा लगानी गर्न तयार भएका हुन् । सम्झौताको नौ महिनाको अवधीमा भएको प्रगतिको समिक्षा बिहीबार विराटनगरमा आयोजना गरिएको थियो ।

एक खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएका थिए । लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार कार्यअवधीको हिसाबले नौ महिनामा लगानी सम्मेलनको सकारात्मक सन्देश गएको हो । कार्यक्रममा नौ महिना अवधीको प्रगति विवरण प्रस्तुत गर्दै डा.कोइरालाले ५० परियोजना कुनै न कुनै रुपमा अगाडी बढिरहेको जानकारी दिनुभयो । यो अवधीमा ११ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को चरणमा प्रवेश गरिसकेको बताइएको छ ।

लगानी सम्मेलनमा कृषिमा ३ अर्बका आठ वटा, उर्जा क्षेत्रमा आठ अर्ब ६२ करोडका तीनवटा, उद्योगमा ६६ अर्ब ८७ करोडका १२ वटा, पूर्वाधारमा ३८ अर्ब ४१ करोडको ९ वटा, आइटी क्षेत्रमा ४७ करोडका २ वटा, फोहोर व्यवस्थापनका दुई परियोजनाका लागि ६० करोड र पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोडको १० परियोजना थिए । जसमा निजीका १९ वटा परियोजनामा १६ अर्ब ९६ करोडको लगानी प्रतिवद्धता थियो ।

अहिलेसम्म दिर्घायु एग्रो एण्ड इन्डस्ट्रिज प्रा.लि.ले ३४ करोड लगानी गर्ने भनेको मल्टिचेम्बर कोल्ड स्टोरेज तथा एग्रो प्रोसेसिङ्ग चेम्बर (दुहबी), सुनसरीको दुहबी ४ मा रिभाइभ इन्फ्राटेक एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले ५६ करोड लगानी सम्झौता गरेको फोहोरमैला प्रशोधन परियोजना, बराह क्षेत्र नगरपालिका १० मा २० करोड लगानी सम्झौता गरेको प्रेसिडेन्ट एग्रोटेक प्रा.लि.को प्राङ्गारिक मल परियोजनाको पीडीएका लागि मस्यौदा समितिमा पठाइएको हो । यसैगरी सुनसरीको बर्जुगाउँपालिकास्थित बर्जु ताल पर्यटकीय योजना समेत पीडीएको चरणमा पुगेको जानकारी दिइएको छ । चार अर्ब २८ करोडको परियोजनाको काम चाँडै सुरु हुने बताइएको छ ।

कार्यकारी निर्देशक कोइरालाका अनुसार सम्झौता भएका सबै परियोजना पाँचवर्षमा सम्पन्न गर्ने लक्ष्य अनुरुप विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) व्यवसायिक परियोजना तयार, सर्भे प्रक्रियामा बढिरहेको उहाँको दावी छ ।
अहिलेसम्म ५० परियोजनाले प्रस्ताव पेस गरेका छन् । तीमध्ये अध्ययन गर्ने समय अनुसार बाँडफाँड गरेर काम भइरहेको जनाइएको छ । लगानी प्राधिकरणलाई २४ वटा परियोजनाको कागजात अध्ययन गरिसक्ने समय तीन महिना तोकिएको थियो । पन्ध्रवटाको ६ महिना र १२ वटाको एकवर्षसम्ममा कागजात अध्ययन र कानुनी प्रक्रिया सक्नुपर्ने म्याद छ । नौ महिनासम्म आउँदा अहिलेसम्म सकारात्मक नतिजा आएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये लगानी सम्मेलनमा एमओयु भएको पाँच खपन हाइड्रोपावर (संखुवासभा) को एक अर्ब ४२ करोड रुपिँया लगानी सुनिश्चित भइसकेको जनाइएको छ । हेवा खोलाबाट ६.९ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्यसहित पाँचखपन हाइड्रोपावर कम्पनी प्रा.लि.को वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । यो संघीय सरकार अन्तर्गत रहेको परियोजना भएपनि प्रदेश लगानी सम्मेलनमा प्रस्तावित परियोजना मानिन्छ ।
पर्यटन क्षेत्रमा होटल एशियाटीकको पाँच तारे स्टार प्रोजेक्ट एक अर्ब ७५ करोड लागतमध्ये ९० करोडको लगानी सुनिश्चित भएको दावी छ । अर्को सुनसरीको इटहरीमा डाटा सेन्टर, र मोरङको बुढिगंगाको आरआर हस्पिटल निर्माणाधिनमा रहेको जनाइएको छ ।

यस बाहेक साँगुरीगढीमा सिट्रस, एभोकाडो र किबी खेतीका लागि पहिलो चरणको दश बिघा जमिन व्यवस्थापन भइसकेको र बाँकी २० बिघा प्रक्रियामा रहेको, झापामा अग्र्यानिक मलको पाइलट प्रोजेक्ट सुरु भएको जनाइएको छ । इलामको देउमाइ नगरपालिकामा कफी फर्मका लागि जग्गा व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिइएको छ ।
कोशी लगानी सम्मेलनको उपलब्धी प्रक्रियागत पक्षमा अन्तरक्रियाका लागि आयोजित कार्यक्रममा कोशी दपैण लगानी विशेषाङक समेत प्रकाशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्