विराटनगर बैशाख १४
विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए ।
विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अायाेजनामा भएकाे उक्त क्लब कि अध्यक्ष प्रसुन राजभण्डारिको अध्यक्षता रहेकाे थियाे । रक्तदान नेपाल रेडक्रस सोसाइटि, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल टंकि शाखाको प्राबिधिक सहयोगमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।
रक्तदाताहरूलाइ प्रशंसा पत्र प्रदान गरिएकाे र संकलित रगत बिरामीकाे सहयाेगका लागि रेडक्रसलाइ उपलब्ध गराइएकाे अायाेजकहरूले बताएका छन् ।