विराटनगर । विराटनगर १ परोपकार धाममा निर्माण गरिएको कैलाशपति महादेवको मुर्ति अनावरण गरिने भएको छ । परामार्थ सिंघिया आरती सेवा विराटनगरले आम भक्तजनहरुबाट आर्थिक सहयोग जुटाई निर्माण गरिएको मुर्तिको भोली आईतबार साँझ ४ बजेपछि अनावरण गरिने भएको हो ।

परामार्थ सिंघिया आरती सेवा विराटनगरका प्रमुख संरक्षक शंकर खरेलका अनुसार सुनसरी चतराका जगतगुरु बाल सन्तको हातबाट मुर्तिको अनावरण गरिने भएको छ । आम भक्तजनहरुबाट आर्थिक सहयोग जुटाई जमिनदेखी शिर सम्मको करिब ६४ फिटमा रहेको मुर्ति निकै आर्कशित देखिएको छ ।

अहिले सम्म सबैभन्दा बढी रकम विराटनगर १ का लक्लु सहनीले २ लाख ५१ ह्जार , त्यसैगरी उद्योगी राजेन्द्र राउतले १ लाख ५१ ह्जार , मोरङ उद्योग व्यापार संघद्धारा १ लाख १ हजार १ सय ११ गरि अन्य पुरस्कार राशीसँगै आम भक्तजनहरुबाट ४० लाख बढी रकम संकलन भएको थियो । साथै प्रमुख संरक्षक खरेलले आम विराटनगर लगायत कटहरीका आम भत्तजनहरुलाई भोली हुने अनावरणसँगै आरतीमा पनि सहभागि हुन अनुरोध गरेका छन् ।
