विराटनगरका मेयर कोइरालाद्वारा महाशिवरात्रिको शुभकामना सन्देश : एकता र सहिष्णुताको आह्वान

<span class='c1'>विराटनगरका मेयर कोइरालाद्वारा महाशिवरात्रिको शुभकामना सन्देश</span> <span class='c2'>: एकता र सहिष्णुताको आह्वान</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीमा शुभकामना व्यक्त गर्दै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

आइतबार जारी शुभकामना सन्देशमा उनले महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै सत्य, तपस्या, संयम र समर्पणका प्रतीक भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार महाशिवरात्रि धार्मिक आस्थाको पर्व मात्र नभई नेपाली समाजको संस्कृति र सभ्यताको महत्वपूर्ण आधारसमेत हो ।


कोशी प्रदेशको राजधानीका रूपमा विकसित हुँदै गएको विराटनगर धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न सहर भएको उल्लेख गर्दै मेयर कोइरालाले रानी पोखरी क्षेत्रलगायत विभिन्न टोल–समुदायमा रहेका शिवालयहरूले सहरको आध्यात्मिक पहिचान सुदृढ बनाउँदै आएको बताए । शिवरात्रिका अवसरमा मन्दिरहरूमा देखिने भक्तजनको सहभागिता, दीपमालाको झिलिमिली र भजन–कीर्तनले सहरमा सकारात्मक ऊर्जा प्रवाह हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्