बुबाको निधनपछि कोराबाटै चुनावी प्रतिवद्धता सार्वजानिक

<span class='c1'>बुबाको निधनपछि कोराबाटै</span> <span class='c2'>चुनावी प्रतिवद्धता सार्वजानिक</span>

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, फागुन २१ गतेको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाल कम्यूनिष्ट पार्टी एमालेबाट उम्मेदवार बन्नु भएका बिनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिवद्धता सार्वजानिक गरेका छन् ।
गत बिहीबार आफ्ना बुबा १०१ वर्षिय बिष्णुप्रसाद ढकालको निधन भएपछि विराटनगर–६ सम्झना चौकको मुलघरमा ढकाल पितृ तरणतारणको कर्ममा छन् । निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुबाको निधन भएको थियो । ढकाल अहिले कोरामा छन् । सोमबारदेखि निर्वाचन कार्यक्रम अन्तर्गत घरदैलो सुरु हुँदैछ । आइतबार कोरामै बसेको बेला ढकालले क्षेत्रका मतादाता सामु आफ्नो प्रतिवद्धता सार्वजानिक गर्दै घरआँगनमा आउन नपाएपनि सधैं साथमा रहने बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ का लागि नेकपा एमालेले निर्वाचन कमाण्डरको रुपमा नेता लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । पण्डित यो निर्वाचन क्षेत्रबाट २०७४ सालमा निर्वाचित समेत भएका थिए । पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा पाँच अर्ब बराबरको बजेट ल्याएर कार्यन्वयन गरेका थिए । तर, २०७९ सालमा उनी त्यहि क्षेत्रबाट पराजित बनेपनि किन्चित दुःख नमानी राजनीतिमा क्रियाशिल रहेका छन् ।

ढकालको प्रतिवद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकतामा राखिएको छ । जसमध्ये विराटनगरको डुबान समस्याका लागि योजना निर्माण, चक्रपथ निर्माण गतिरोध अन्त्य, क्षेत्रभित्र पर्ने गछिया, बुढीखोला, केशलिया र सिंघीया नदी नियन्त्रणमा विशेया योजना, रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीतिगत पहल, मजदुर पक्षीय कार्यक्रम, साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने उल्लेख छन् ।
यसैगरी विद्यालयमा स्मार्छ क्लास रुम, जेनजी पुस्तालाई प्रविधिबाटै उत्पादन, स्वरोजगार मूलक शिक्षा, गुरुकुल र मदरसा शिक्षालाई विश्वविद्यालयसँग जोड्न नीतिगत पहल, थारु ग्राम र संस्कृतिको जगेर्ना, मल खाद तथा बीउ र सिंचाईका कामलाई प्राथमिकता उल्लेख छन् ।

यसैगरी सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंघीया खोला र बौराहाको मधुपार्कको सम्वद्र्धन अनि हसिना सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने उल्लेख छ । यसैगरी कोशी नहरलाई हरियाली सडक सञ्जालमा विकास गर्ने, नवप्रवर्तन, सामाजिक सुरक्षाका विशेष कार्यक्रमलाई बढावा दिने उल्लेख छन् । उम्मेदवार ढकालले निर्वाचनको बेला पितृ वियोगमा रहनु परेपनि आफू मतदातासँगै रहेको बताएका छन् । उनले मतदातासँग आफू प्रत्यक्ष भेटघाट गर्न नपाएको बताउँदै निर्वाचनको समयमा मात्रै नभई अन्य बेला पनि आफ्नो सम्बन्ध सधैं सुमधुर रहेको भन्ने कुरा सम्झिदिन आग्रह गरेका छन् ।

‘म आफैं आउन नसकेपनि घरदैलोमा आउनु भएका साथीहरुमार्फत प्राप्त भएका सुझाव ग्रहण गर्नेछु’ ढकालले मतदातालाई आश्वस्त पार्दै भने–आजसम्म मैले सक्ने समस्याको समाधान गरिरहेकै थिएँ, भोलि जुनसुकै स्थितिको परिणाम आएपनि गर्ने नै छु । ढकाल आन्तरिक पार्टी राजनीतिमा सधैं प्रतिपक्षी र नागरिकबीचमा साझा व्यक्तिको रुपमा स्थापीत मोरङका नेता हुन् ।
मोरङ ६ मा नेपाली काँग्रेसका डा.शेखर कोइराला, नेपाली कम्यूनिष्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्यसँगै ढकाल अहिले चुनावी मैदानमा रहनु भएको छ ।
यस्तो छ चुनावी प्रतिवद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्