मिल्श भेट्रान्स गोल्डकपमा आज दुई खेल, विराटनगर र इटहरी विजयी

<span class='c1'>मिल्श भेट्रान्स गोल्डकपमा आज दुई</span> <span class='c2'>खेल, विराटनगर र इटहरी विजयी</span>

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आइतबार भएका खेलमा युनाइटेड भेट्रान्स क्लब, विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् ।

विराटनगरस्थित जुटमिल खेलमैदानमा भएको पहिलो खेलमा आयोजक सहरको युनाइटेड भेट्रान्स क्लबले पथरी शनिश्चरे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको इन्जुरी समयमा विराटनगरका महेन्द्र खवासले फ्री–किकमार्फत निर्णायक गोल गरे । उनले सो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

आइतबार नै भएको दोस्रो खेलमा हाम्रो इटहरी भेट्रान्स क्लबले हाम्रो भेट्रान्स क्लब, धरानलाई १–० गोलले पराजित ग¥यो । खेलको १५ औँ मिनेटमा धरानका खेलाडी कुमार तामाङबाट आत्मघाती गोल भएपछि इटहरीको जित सहज बनेको थियो । डि–बक्सभित्र तामाङले आफ्नै गोलकिपरलाई बल दिन खोज्दा बलले सिधै जाली चुमेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल मिल्स एरिया भेट्रान्स र एभरेष्ट भेट्रान्स, जहदाबीच हुनेछ भने दोस्रो खेल मिल्स एरिया (रातो) र सुनसरी भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्