विराटनगर । नेकपा एमाले निर्वाचान परिचालन कमिटी विराटनगरका दुईवटा कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छन् ।

तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्न नेकपा एमाले महानगर कमिटीले प्रेस विज्ञप्ति जारी प्रशासन समक्ष माग गरेको छ ।
श्रृखंलाबद्ध रुपमा निर्वाचन परिचालन कमिटीका कार्यालय तोडफोडको विरोधमा आज महानगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै भयरहित वातावरणमा निर्वाचन हुने अवस्था सिर्जना गर्नु सवैको दायित्व भएको जनाएको छ ।

फागुन २ गते राती विराटनगर १७ र फागुन ३ गते राती विराटनगर १५ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालयमा तोडफोड भएको महानगर अध्यक्ष बलराम गिरीले जानकारी दिए । महानगर कमिटिको विज्ञप्तिमा भनिएको छ,‘ निर्वाचनको माहोल विथोल्ने गरि भएका अराजक गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारवाही गर्न जोडदार माग गर्दछौं ।’
निर्वाचन आचारसंहिता विपरित भएका घटनामा विशेष निगरानी र अनुगनम गर्न निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराईएको छ ।
