मोरङ ५ का जसपाका उम्मेदवार यादवले प्रबिद्धता पत्र सार्वजनिक गर्दै थाले घरदैलो अभियान

<span class='c1'>मोरङ ५ का जसपाका उम्मेदवार यादवले प्रबिद्धता</span> <span class='c2'>पत्र सार्वजनिक गर्दै थाले घरदैलो अभियान</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकुमार यादवले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्र सार्वजनिकसँगै उनले घरदैलो अभियान पनि विराटनगर १४ जतुवाबाट औपचारिक रूपमा सुरु गरेका छन् ।


विराटनगर १४ मा रहेको रामजानकी मन्दिरमा मंगलाबार पुजापाठ गरेर आफ्नो प्रचारप्रसारको सुरुवात गरेका हुन् । उनले त्यसपछि पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराएका थिए ।
यादवले पत्रकार सम्मेलनमा त्यसक्षेत्रका समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले सडक, स्वास्थ्य, खानेपानी तथा सिंचाइ जस्ता आधारभूत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


उम्मेदवार यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न रानी क्षेत्रमा रहेका बन्द उद्योगहरुलाई पुन सञ्चालन गर्ने बाताबरण बनाउने र त्यस क्षेत्रमा नयाँ उद्योग संचालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै, रंगेली धनपालधान, जहदाका किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्न बजार व्यवस्थापन र सहकारी सुदृढीकरणमा जोड दिने उनले बताए ।

पत्रकार सम्मेलनपछि उनले समर्थक तथा पार्टी कार्यकर्तासँगै घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो अभियानमा उनका पार्टीका कार्यकर्ताहरुसँगै निस्कीएका यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्ना योजना तथा प्रतिबद्धताबारे जानकारी गराएका थिए । यादवले मतदाताको विश्वास जित्दै क्षेत्रको समग्र विकासका लागि इमान्दार र पारदर्शी नेतृत्व दिने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्