विराटनगर । विराटनगर १ मा रहेको एजेलिया स्कुलले आफ्नो ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा दुई दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरिएको हो ।

कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।उनीहरुले नृत्य लगायत आफ्ना अभिभावकहरुसँग मञ्चमा ¥याम्प वर्कमा उत्रिएका थिए ।

प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्रिन्सिपल दिनेश ढुङ्गानाले आफ्नो विद्यालयलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।

बिहीबार सम्पन्न हुने वार्षिकोत्सवको दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
