महानगर स्तरीय हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुल प्रथम

<span class='c1'>महानगर स्तरीय हाजिरिजवाफ प्रतियोगितामा</span> <span class='c2'>एभरेष्ट सेकेण्डरी स्कुल प्रथम</span>

विराटनगर । विराटनगर महानगरपालिका र श्री वाल मन्दिर आधारभुत विद्यालय को संयुक्त आयोजनामा सम्पन्न महानगर स्तरीय हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुल प्रथम भएको छ।

मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरी ६० विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। कडा प्रतिस्पर्धाका बीच एभरेष्टले ५९ विद्यालयलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा आदर्श स्कुल दोस्रो स्थानमा रह्यो भने मदन नगर आधारभुत विद्यालय तेस्रो भयो। त्यस्तै बुढानिलकण्ठ स्कुल ले सान्त्वना स्थान हासिल गरेको छ।

प्रथम हुने एभरेष्ट सेकेण्डरी स्कुलले नगद २१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। दोस्रो हुने आदर्श स्कुलले १५ हजार रुपैयाँ, तेस्रो हुने मदन नगर आधारभुत विद्यालयले १२ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने बुढानिलकण्ठ स्कुलले ६ हजार रुपैयाँसहित ट्रफी हात पारेका छन्।

विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा, बौद्धिक विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। सहभागी विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्