नेपाल–भारत सीमा सुरक्षा बैठक : निर्वाचनमा ७२ घण्टा सिल, संयुक्त गस्ती

<span class='c1'>नेपाल–भारत सीमा सुरक्षा बैठक : निर्वाचनमा</span> <span class='c2'>७२ घण्टा सिल, संयुक्त गस्ती</span>

विराटनगर । नेपालमा हुन लागेको आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच आज विराटनगरमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। मोरङ, झापा र सुनसरी ९नेपाल० तथा किशनगञ्ज, अररिया र सुपौल ९भारत० जिल्लाका अधिकारीहरू सम्मिलित उक्त बैठकले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदानको ७२ घण्टा अगाडिदेखि सीमा सिल गर्ने निर्णय गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र अररियाका जिल्ला मजिस्ट्रेट विनोद दुहनको सह(अध्यक्षतामा बसेको बैठकले आगामी फागुन २१ गते (५ मार्च २०२६) हुने निर्वाचनका लागि फागुन १८ गते मध्यरातदेखि २१ गते मध्यरातसम्म सीमाना पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ।

बैठकका मुख्य निर्णयहरू :
सीमा सिलस् निर्वाचनको सुरक्षाका लागि फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमाना सिल गरिने।
संयुक्त गस्ती  : निर्वाचनको समयमा हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई तीव्रता दिने।
अपराध नियन्त्रण : तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट, हतियार र नगद तस्करी नियन्त्रणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता।
सूचना आदानप्रदान :  शंकास्पद गतिविधिबारे तत्काल ९रियल टाइम० गुप्तचरी सूचनाहरू आपसमा साटासाट गर्ने।
बैठकमा दुवै पक्षले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्