विराटनगर। विराट राजवंशी समुदायको १९ औँ बृहत भेला विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालयमा सम्पन्न भएको छ। राजवंशी समाज उत्थान समिती (विराट) द्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा समितिका केन्द्रिय अध्यक्ष भुवनेस्वर मन्दल राजवंशीको विशेष उपस्थिति रहेको थियो भने उपाध्यक्ष प्रदिप बिश्वास राजवंशी लगायत समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलामा अवकाशप्राप्त निजामती शिक्षक, कलाकार, गायक तथा सक्रिय युवाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले राजवंशी समुदायको एकता, पहिचान संरक्षण तथा सामाजिक उत्थानका विषयमा जोड दिएका थिए।
समुदायबीच आपसी सद्भाव, सांस्कृतिक संरक्षण र आगामी योजनाबारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।