विराटनगरमा सुरक्षाकर्मीको संयुक्त निर्वाचन व्यवस्थापन ‘डेमो’

<span class='c1'>विराटनगरमा सुरक्षाकर्मीको संयुक्त</span> <span class='c2'>निर्वाचन व्यवस्थापन ‘डेमो’</span>

विराटनगर । मोरगका सुरक्षा निकायले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान तथा सुरक्षा अभ्यास गरेको छ । विराटनगर १४ स्थित स्थित डिग्री क्याम्पसको मैदानमा शुक्रबार दिउसो गरिएको नमुना मतदान र सुरक्षा अभ्यास गरिएको हो ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नमुना अभ्यास गरिएको हो । अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचन सुरक्षामा खटिने अन्य सुरक्षाकर्मीहरूको संयुक्त सहभागिता रहेको थियो ।

अभ्यासका क्रममा मतदान भइरहेका बेला सम्भावित हुलदंगा, अवाञ्छित गतिविधि वा निर्वाचन प्रक्रियामा अवरोध उत्पन्न भए कसरी नियन्त्रण गर्ने भन्ने विषयमा प्रदर्शन गरिएको जिल्ला प्रशासन कार्यलय मोरङले जनाउको छ ।

सुरक्षाकर्मीहरूले भीड नियन्त्रण, संवेदनशील क्षेत्रको सुरक्षा, मतपेटिका सुरक्षाको प्रक्रिया लगायतका विभिन्न पक्षमा डेमो प्रस्तुत गरेका थिए । अभ्यासमा विभिन्न सुरक्षा सामग्री तथा सवारी साधनसमेत प्रयोग गरिएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख, नेपाली सेना मोरङका प्रमुख, निर्वाचन आयोग कोशी प्रदेशका प्रमुख तथा जिल्ला निर्वाचन कार्यालय मोरङका मुख्य निर्वाचन अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी कवित कटवालले अभ्यासमा सहभागी सम्पूर्ण सुरक्षाकर्मीलाई धन्यवाद दिँदै आसन्न निर्वाचनलाई सफल बनाउन मानसिक तथा शारीरिक रूपमा तयारी अवस्थामा रहनुपर्ने बताए । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायको समन्वय र सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्