विराटनगरको मिल्श माविको हीरक जयन्तीमा भेला भए ५० बर्ष पुराना साथीभाई

<span class='c1'>विराटनगरको मिल्श माविको हीरक जयन्तीमा भेला</span> <span class='c2'>भए ५० बर्ष पुराना साथीभाई</span>

विराटनगर । विराटनगर–१६ रानी बर्माटोलमा रहेको श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती साताव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । गत फागुन २ गतेदेखि सुरु भएको हीरक जयन्ती महोत्सवको शुक्रबार विशेष समारोहका साथ समापन गरिएको हो ।


हीरक जयन्तीको उद्घाटन वि।सं। २००९ देखि विद्यालयमा अध्यापन गराउदै आउनुभएकी ९४ वर्षीया पूर्व शिक्षिका मणिकला सुब्बा गुरुआमाले गरिन् । उद्घाटन समारोहअघि प्रमुख अतिथि मणिकला गुरुआमालाई रथारोहण गराई नगर परिक्रमा गराइएको थियो ।
समारोहमा विद्यार्थीहरूले आफैँ निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरेका थिए । सोही अवसरमा हीरक जयन्ती स्मारिका विशेषङ्कको विमोचन समेत गरियो । स्मारिकामा विद्यालयको स्थापनाकालदेखिका गतिविधि र मिल्स एरियाको ऐतिहासिक पक्षहरू समेटिएका छन् ।

कार्यक्रममा विद्यालयमा लामो समय सेवा गरेका शिक्षक, कर्मचारी, उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक र जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न विधामा छात्रवृत्र् ितथा पुरस्कारद्वारा सम्मानित गरिएको थियो । समारोहमा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व शिक्षिका मणिकलाले मिल्स मावि एक ऐतिहासिक धरोहर भएको बताउँदै यहाँ अध्ययन गरेका विद्यार्थीहरू राष्ट्रको उच्च ओहोदामा पुग्न सफल भएकोमा खुसी व्यक्त गरिन् । विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा पूर्व विद्यार्थीहरूको व्यक्तिगत एवं समूहगत सहयोग अतुलनीय रहेको उल्लेख गरे । साताव्यापी कार्यक्रमअन्तर्गत फागुन ४ गते ३ किलोमिटर सडक दौड आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका विजयीहरूलाई फागुन ५ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

 

त्यसैगरी, फागुन ६ गते नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम, फागुन ७ गते पूर्व विद्यार्थीहरूको पुनर्मिलन तथा संवाद र विद्यालयको ऐतिहासिक वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरिएको पूर्व विद्यार्थी विष्णु डङ्गोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्