निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी विराटनगरमा अभिमुखिकरण

<span class='c1'>निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता</span> <span class='c2'>पालना सम्बन्धी विराटनगरमा अभिमुखिकरण</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सवन्धी कोशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै पत्रकारलाई धम्की, आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति निकाल्नु परिरहेको बताउनुभयो । उहाँले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । डिजिटल प्लेटफर्मका कारण सहि र सत्य सूचनाहरू जनता समक्ष पुर्‍याउन चुनौति रहेको बताउनुभयो ।


पत्रकार महासंघले निर्वाचन अभिमुखिकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा पत्रकारले भोगेका चुनौतिबारे छलफल र सुरक्षित हुँदै आचारसंहिता पालनामा आग्रह गर्नुभयो । आचारसंहिता पालना सवै पत्रकारको कर्तव्य भएको अध्यक्ष शर्माले बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्ने र अरू पत्रकारलाई पनि पालना गराउन लगाएर जिम्मेवार भएर रिपोर्टिङ गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सहि र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले मिथ्या समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका समयमा धेरै उत्तेजित भएर रिपोर्टिङ नगर्न आग्रह गर्नुभयो । आचारसंहिता पालना गर्दा पत्रकार सुरक्षित हुने उहाँले बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेशका तीन दर्जनबढी पत्रकारको सहभगिता रहेको छ । सहजीकरण महासंघ अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्