विराटनगरका उत्तम दाहाल : सदाबहार सुशासनका एजेन्डा, चुनावमा स्वतन्त्र उम्मेदवार

<span class='c1'>विराटनगरका उत्तम दाहाल : सदाबहार</span> <span class='c2'>सुशासनका एजेन्डा, चुनावमा स्वतन्त्र उम्मेदवार</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार छन्, विराटनगर जामुनगाछीका उत्तम दाहाल । उनको चुनाव चिन्ह मसीको डिम्बा (बोतल) हो । निर्वाचनको चर्चा उचालिदै चुनावका दिनसम्म आउँदा भोट माग्दै घरदैलो गरिरहेका दाहाल विराटनगर कलेज रोडको एक चिया पसलमा भेटिए । निर्वाचनले छोएका दाहाल आफ्ना एजेण्डा सुनाइहाल्ने हतारोमा सुनिन्थे ।

दाहाल सदाबहार सुशासनका मुद्दा उठाउँदै आएका व्यक्ति हुन् । उनले हुलाकी राजमार्गको गणेशचौक–केसलिया सडक निर्माणमा भएको ढिलाईलाई लिएर नेताहरुको लागि जामुनगाछी चौक निषेध क्षेत्र नै घोषणा गरेका थिए । २०७९ को निर्वाचन ताका उनलाई नेताहरुले थामथुम पारे । २०८४ को चुनाव आउनु अगाडी नै २०८२ फागुन २१ मा निर्वाचन हुने भएपछि उनी आफैं उम्मेदवारी दिएर मैदानमा उत्रिएका हुन् ।

दाहालको प्रतिवद्धतापत्रको प्रस्तावनामा नै छ ‘१८ वर्षदेखि सबैलाई गुहार लगाइयो तर हरेक पल्ट धोका मात्र पाइयो । अघिल्लो चुनावमा झुटा बाचा गरेर हामीलाई झुक्याइयो, त्यसैले अब अरुको भर होइन, आफ्नो मुद्दा आफैं उठाउन मैले स्वतन्त्र उम्मेदवारी दिएको हो ।’

फागुन २१ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदगवार रहेका दाहालका २१ बुँदे प्रतिवद्धता रहेका छन् । ती प्रतिवद्धतामा अधिकांश सुशासन जोडिएका छन् । उनको प्रतिवद्धतामा सरकारी कार्यालयमा सिसी क्यामरा जडान गर्नुपर्ने, कर्मचारीले मालिक जस्तो भएर सेवाग्राहीलाई गर्ने व्यवहार हटाइने उल्लेख छ । त्यसैगरी देशमा भएको भ्रष्टचारको रकम असुल गरेर ५० लाख नागरिकलाई गरिखान वितरण गरिने भनिएको छ । संविधानमा भएका केहि धारामा टेकेर भ्रष्टचारी जोगिने गरेको भन्दै यि धारा हटाइने उल्लेख गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्