विराटनगरसँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन

<span class='c1'>विराटनगरसँग जोडिएको नेपाल–भारत सीमा</span> <span class='c2'>स्तम्भ मर्मत तथा रंगरोगन</span>

विराटनगर । नेपाल–भारत सीमामा रहेका पुराना सीमा स्तम्भहरूको संयुक्त रूपमा मर्मत तथा रंगरोगन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा सीमा स्तम्भहरूको पहिचान स्पष्ट राख्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरूले स्थलगत अनुगमन गर्दै मर्मत कार्य सम्पन्न गरेका हुन् ।


नेपालतर्फ सशस्त्र प्रहरी बल नेपालको बी।ओ।पी दरैयाको जिम्मेवारी क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर १८० / ४ देखि १८०/१० सम्मका कुल ७ वटा स्तम्भमा रंगरोगन तथा आवश्यक मर्मत सम्भार गरिएको हो। उक्त कार्य सशस्त्र प्रहरी निरीक्षक शंकर कुमार कोईरालाको कमाण्डमा खटिएको टोलीले सम्पन्न गरेको जनाइएको छ ।


त्यसैगरी भारततर्फबाट एसएसबी 56 बटालियनका एएसआई जितुल कुवँरको कमाण्डमा खटिएको टोलीले पनि संयुक्त रूपमा सहभागिता जनाएको थियो। दुवै देशका सुरक्षाकर्मीहरूको समन्वय र सहकार्यमा पुराना सीमा स्तम्भहरूको संरक्षण तथा व्यवस्थापन कार्य अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्