विद्यार्थीहरुद्वारा जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी

<span class='c1'>विद्यार्थीहरुद्वारा जिल्ला शिक्षा</span> <span class='c2'>कार्यालय मोरङमा तालाबन्दी</span>

बिराटनगर बैशाख १५ , निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार  जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले मनोमानी शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित भएका हुन् । विद्यार्थीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तथा शिक्षा विभागमा तालाबन्दी गरेका हुन् । यसअघि विद्यार्थी संगठनहरुले बिराटनगरका ८ स्कुलमा प्रशासनिक शाखा र लेखा शाखामा तालाबन्दी गरेका थिए ।  घोषित आन्दोलनअन्तर्गत  वैशाख १७ गते जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारिलाई सार्वजनिक बहिष्कार गर्ने र वैशाख १८ गते सरकारी गाडी चल्न निषेध गरीने कार्यक्रम रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्