मोरङको रंगेलीमा मनोज अग्रवालको वृहत मोटरसाईकल र्‍याली (फोटो फिचर )

<span class='c1'>मोरङको रंगेलीमा मनोज अग्रवालको वृहत मोटरसाईकल</span> <span class='c2'> र्‍याली  (फोटो फिचर )</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज अग्रवालले आफ्नो चुनावी अभियान तीव्र बनाउदै वृहत मोटरसाईकल तथा सिटी सफारी रयाली निकालेका छन् ।  मोरङको रंगेलीमा आइतबार सयौको संख्यामा वृहत मोटरसाइकल तथा सिटी सफारी ‍¥याली निकालिएको छ ।


रंगेली बजारसहित दक्षिणी भेगका विभिन्न गाउँ–बस्ती समेटेर निकालिएको उक्त ‍¥यालीमा कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो । मोटरसाइकल ‍¥याली रंगेली बजार, कर्सिया बजार, धनापट्टी, आमगाछी, चौप्रहा, आमतोला लगायतका क्षेत्रमा परिक्रमा गरेको थियो। सहभागीहरूले नेकपा एमालेको सूर्य अंकित झण्डा फहराउँदै चुनावी नाराबाजी गरेका थिए ।


‍¥यालीका क्रममा उम्मेदवार अग्रवाल विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग भेटघाट गरेका थिए। उनले आफ्नो चुनावी एजेन्डाबारे जानकारी दिँदै विकास निर्माण, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।


अग्रवालले विगतमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिने र क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्ने बताए । उनले “जनताको मत र साथ पाएमा मोरङ क्षेत्र नम्बर ५ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने” प्रतिबद्धता व्यक्त गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।


स्थानीय नेताहरूले पनि ‍¥यालीलाई उत्साहजनक सहभागिताले चुनावी माहोल थप तताएको बताएका छन् । मनोज अग्रवाल यस क्षेत्रका स्थानिय भएका कारण पनि आफुहरुको रोजाई स्थानिय नेता नै रहेको कतिपय मतदाताहरुले बताएका छन् ।


निर्वाचन अबको केही दिन मात्रै बाकी रहदाँ उम्मेदवार अग्रवालले घरदैलो कार्यक्रम, टोल–भेला र अन्तरक्रिया कार्यक्रमलाई पनि निरन्तरता दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्