झापा अवतरण नगरी काठमाण्डौं फर्किए बालेन

<span class='c1'>झापा अवतरण नगरी</span> <span class='c2'>काठमाण्डौं फर्किए बालेन</span>

विराटनगर । झापा–५ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्काइएको छ । काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलिकप्टर उडेर ५२ नटिकल माइल पुगेपछि काठमाण्डौं फर्काइएको थियो ।

तर, हेलिकप्टर फर्काउन बालेन आफैंले आग्रह गरेको खुलेको छ । हेलिकप्टर फर्कनुका पछाडि कुनै प्राविधिक कारण नभई जसका लागि प्रयोग भएको उसैले गरेको आग्रहलाई मानिएको छ ।

मुलधारका सञ्चारमाध्यममा प्रकाशित समाचारमा शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको दावी गरेका छन् । हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको थियो। अनुमति लिएर नै हेलिकप्टर प्रयोग गरिएको हो। तर सुरक्षा निकायले झापा नजान सुझाव दिएको उनले बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्