विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा एमबीबीएस पढाई सुरु भएको छ । झण्डै २ दशकदेखि चिकित्सा शिक्षाको स्नातक तह अध्ययन गराउन थालिएको प्रयास बल्ल सफल बनेको हो ।
चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएसँगै मोरङमा तीनवटा मेडिकल कलेज पुगेका छन् । विश्वविद्यालयले मंगलबारदेखि एमबीबीएस पढाइ सञ्चालनमा ल्याएको हो । एमबीबीएस कार्यक्रममा भर्नाका लागि सरकारले ५० वटा सिट उपलब्ध गराएको थियो । त्यसपछि विश्वविद्यालयले पहिलोपटक चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गरेको हो ।
स्थापना भएको ३ दशकपछि विश्वविद्यालयमा चिकित्सा शिक्षाको औपचारिक रूपमा पठनपाठन सुरु महत्वपूर्ण उपलब्धि मानेको विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले जानकारी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि २०६२ सालदेखि प्रक्रिया अघि बढाएको थियो । त्यसबेला एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा सञ्चालन गरी ५ सय २० जना विद्यार्थी समेत छनोट गरेको थियो ।
मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय बेडको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुनुपर्ने सरकारी व्यवस्था लागू भएपछि २०६२ सालमा एमबीबीएसमा भर्ना बढ्न सकेको थिएन ।