अबको सरकार: स्व.उज्जवल थापाको सपना अनुसारको “सेवक सरकार” हुने आशा

<span class='c1'>अबको सरकार: स्व.उज्जवल थापाको सपना</span> <span class='c2'>अनुसारको “सेवक सरकार” हुने आशा</span>

नेपालमा सरकार कस्तो हुनु पर्छ? यो प्रश्नले इतिहासदेखि आजसम्म नेपाली समाजलाई चिन्तनमा राख्दै आएको छ। हामीले राणाकालदेखि विभिन्न लोकतान्त्रिक सरकारसम्म अनुभव गरेका छौं, तर कहिल्यै पनि पूर्ण रूपमा जनमुखी, नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने, सेवा प्रधान नेतृत्व पाउन सकेका छैनौं। यही सन्दर्भमा अहिलेको बैकल्पिक राजनीतिका परिकल्पनाकार भनेर चिनिएका स्व. उज्जवल थापाले प्रस्तुत गरेको “सेवक सरकार” अवधारणा अत्यन्त सान्दर्भिक र प्रेरणादायक हुन सक्छ अहिलेको अवस्थामा ।

उज्जवल थापाले सेवा प्रधान सरकारलाई यसरी व्याख्या गर्नुभएको थियो :“सरकारमा सेवा गर्न धेरै नेतृत्व पुगे, तर अधिकांशले सत्ता पुरस्कार वा पेशाको रूपमा लिएका छन्। नागरिकको लागि भन्दै शासन चलायौँ तर शासन टिकाउन मात्र नागरिकलाई चलायौँ। सेवक सरकार भनेको जनमुखी, सेवा प्रधान लोकतान्त्रिक सरकार हो।”

थापाको दृष्टिमा, सेवक सरकारको मुख्य जिम्मेवारी हरेक नेपालीलाई समृद्धि र आत्मनिर्भरता उपलब्ध गराउने वातावरण सिर्जना गर्नु हो। यसले केवल सत्ता सञ्चालन मात्र होइन, नागरिकको सम्मान र अधिकार सुनिश्चित गर्ने, उद्यमशील र उत्पादनशील समाज निर्माण गर्ने काम गर्छ। सेवक सरकारले हरेक गाउँ, शहर र स्थानीय तहमा स्थानीय स्वशासन स्थापित गर्ने, नागरिक र राज्य बीचको सम्बन्ध सुमधुर बनाउने, र कानून तथा संविधानको सर्वोच्चता कायम राख्ने सुनिश्चित गर्छ। उज्जवल थापा केवल एक विचारक वा नीतिकार मात्र नभई राजनीतिक मार्गदर्शक पनि हुनुहुन्थियो । वहाले नेपाली राजनीतिमा “सेवा प्रधान नेतृत्व” को सन्देश दिन खोज्नुभएको थियो । वहाको अनुसार सरकारले सत्तामा पुग्नु भनेको नागरिकको जीवन सुधार्ने अवसर प्राप्त गर्नु हो, सत्ता आफ्नो निजी लाभ वा पुरस्कारको माध्यम बन्ने होइन।

नेपालमा अहिले विकासका चर्चा धेरै सुनिन्छ। नयाँ सरकार बनेको छ, र धेरै नागरिक सोचिरहेका छन् “के अब देश रातारात बदलिन्छ?” वास्तविकता यथार्थवादी छ। ठूला परिवर्तन तुरुन्त हुँदैनन्। ठूला परियोजनाहरू देखिन सक्छन्, तर जनताको दैनिक जीवन सुधार्न समय, धैर्यता र चुस्त प्रशासन दुवै आवश्यक छ। सेवक सरकारले ठूला योजनासँगै साना समस्यामा पनि तत्परता देखाउनु पर्छ। बजारमा सस्तो र भरपर्दो सामग्रीको उपलब्धता, पानीको निरन्तर आपूर्ति, सरसफाइ, आधारभूत स्वास्थ्य सेवा, यी साधारण सेवाले जनताको जीवन सहज बनाउँछ।

साना समस्या समाधान गर्दा मात्र नागरिकमा सरकारी योजनाप्रतिको भरोसा बढ्छ र ठूला परियोजनाहरूको प्रभाव महसुस हुन्छ। थापाको सेवक सरकार अवधारणाले स्पष्ट देखाउँछ कि नागरिक केन्द्रित शासन मात्र दीर्घकालीन विकास सुनिश्चित गर्न सक्छ। नागरिकको आवश्यकतामा ध्यान दिनु, उनीहरूको अधिकार र सम्मानको रक्षा गर्नु, र सेवा घरदैलोमा पुर्याउनु सरकारको प्राथमिक जिम्मेवारी हो।

आजको सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य राजनीतिक नेतृत्वले थापाको सेवक सरकार अवधारणालाई आत्मसात गर्नु आवश्यक छ। नयाँ नेतृत्वले जनमुखी, उत्तरदायी र सेवा प्रधान नीति अपनाए मात्र देशले दीर्घकालीन विकास, जनविश्वास, र स्थायी लोकतन्त्रको सुनिश्चितता पाउनेछ। यदि सेवक सरकारको दृष्टिकोण व्यवहारमा लागू भयो भने नागरिकको सम्मान र अधिकार सुनिश्चित हुनेछ,स्थानीय स्तरमा आत्मनिर्भरता र स्वशासनको माहोल स्थापना हुनेछ,उद्यमशील, उत्पादनशील र विवेकशील समाज निर्माणमा नागरिकले सहभागिता जनाउनेछन्, ठूला परियोजनाहरूको असर नागरिक जीवनमा प्रत्यक्ष महसुस हुने छ।

उज्जवल थापाले देखाएको मार्गदर्शन केवल विचार मात्र होइन; यो नेतृत्वको अभ्यास र राष्ट्रिय नीति निर्माणको आधार हो। नागरिक केन्द्रित सेवा, चुस्त प्रशासन, र विधिको शासन सुनिश्चित गर्ने सेवक सरकारको अवधारणाले मात्र नेपाललाई २१औं शताब्दी सापेक्ष राष्ट्रमा स्थापित गर्न सक्ने नेतृत्वको आधार तयार पार्छ। साना काम, दैनिक सेवा, र नागरिकको सम्मान, यी सबैले मात्र ठूला योजनालाई प्रभावकारी बनाउँछन्।

उज्जवल थापाको दृष्टि अनुसार सेवक सरकार नागरिकको सेवा र राष्ट्रको समृद्धिको वास्तविक आधार हो। यही दृष्टि अपनाएर मात्र नेपालले दीर्घकालीन विकास, स्थायी लोकतन्त्र र नागरिकको विश्वास सुनिश्चित गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्