मोरङका तीन स्थानमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन प्रशासनको निर्देशन

<span class='c1'>मोरङका तीन स्थानमा बर्ड फ्लु पुष्टि,</span> <span class='c2'>उच्च सतर्कता अपनाउन प्रशासनको निर्देशन</span>

विराटनगर । मोरङ जिल्लाका विभिन्न तीन स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रहरूमा विशेष निगरानी राख्नुका साथै निसंक्रमण (डिसइन्फेक्ट) कार्य तीव्र पारिएको छ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार सुन्दरहरैचा–४ स्थित हलेसी महादेव कृषि फर्म, उर्लाबारी–८ को अठियावारी कृषि फर्म र कटहरी–२ मा रहेको ई–टु–जेड पोल्ट्री फर्ममा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएसँगै ती क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा पन्छीजन्य पदार्थलाई निसंक्रमण गर्ने कार्य सुरु गरिएको छ। साथै, बिहीबारदेखि नै प्रभावित क्षेत्रहरूमा विशेष निगरानी राख्दै मरेका पन्छी र तिनका मल व्यवस्थापनका लागि खाल्डो खनेर सुरक्षित रूपमा नष्ट गर्ने कार्य भइरहेको छ।

रोग नियन्त्रणका लागि सम्बन्धित निकायले ११ बुँदे निर्देशन समेत जारी गरेको छ। जसअनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरेमा अनिवार्य रूपमा निसंक्रमण प्रक्रिया अपनाउनुपर्नेछ ।
त्यसैगरी, एउटै व्यक्तिले एकभन्दा बढी फार्ममा काम गर्न नपाउने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्नुपर्ने, र फार्म प्रवेशद्वारमा ‘फुटबाथ’ (चुन वा निसंक्रामक पदार्थ) को व्यवस्था अनिवार्य गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्