लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

<span class='c1'>लगातारको वर्षाले प्रधानमन्त्री</span> <span class='c2'>कप प्रभावित</span>

जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।

मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल भने अझै सुरु हुन सकेको छैन । दुबै टिमका खेलाडिहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन् । तर मौसम विभागको प्रक्षेपन हेर्दा बेलुकासम्म वर्षा रुक्ने सम्भावना कम देखिएको छ ।

क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै बसिरहेका छन् । वर्षा नरोकिए दुबै टिमले एक एक अंक प्राप्त गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्