इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

<span class='c1'>इनिशा विकले न्याय नपाएसम्म शव</span> <span class='c2'>नउठाउने संघर्ष समितिको चेतावनी</span>

काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले पटक पटक उठाएको दाबी गरेका हुन् । इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ । अभियन्ता जीवन तिरुवाले महिलाहरुको न्यायको लागि आफूहरुले निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । इनिशाले न्याय नपाएसम्म शव नउठ्ने पनि उनको भनाई छ । राज्यले ठीक जवाफ नदिएसम्म र पीडितलाई न्याय नदिएसम्म संघर्ष समिति निरन्तर संघर्षमा रहने पनि उनको चेतावनी छ । इनिशा विक, रश्मिका परियारलगायतलाई न्याय दिन राज्य तयार नहुँदासम्म तबसम्म आन्दोलन निरन्तर हुने र त्यो आन्दोलनबाट हुने क्षतिको जिम्मा पनि सरकारले लिनुपर्ने बताए । भोलि चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गरिने पनि चेतावनी दिए । बलात्कारपछि हत्या प्रकरण प्रहरी प्रशासनले कडाईका साथ अनुसन्धान गर्नुपर्ने र कारबाही गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले महिलाहरुको न्यायको लागि आफूहरु सडकबाटै क्रान्ति गर्नपनि तत्पर रहेको उद्घोष गरेका छन् ।

कार्यक्रममा बोल्दै सविना सिंह ठकुरीले आफूहरुले विगत १७ दिनदेखि इनिशा विकले न्याय पाउनुपर्छ भनेर सडकमा प्रदर्शनमा उत्रिएको स्मरण गराईन् । उनले भने,‘१७औं दिनसम्म पनि हामीले इनिशा विक बहिनीको न्यायको अनुभूति गरेका छैनौं । सामाजिक सञ्जालमा जबरजस्ती करणी होईन भनेर हालिएको छ, यस्तो कुरामा हाम्रो असहमति छ । हामी अझै सडक संघर्ष समितिबाट अघि बढ्छौं । हामी इनिसासँगै १२ जना चेलीहरु जो बलात्कारपछि हत्याको शिकार भएका छन्, उनीहरुको न्यायको लागि आवाज उठाइरहन्छौं ।’ उनले सडक संघर्ष समितिको आवाज बालेन शाहले पनि सुन्नुपर्ने बताइन् । बालेन शाह प्रधानमन्त्री बन्न लागेको भन्दै शाह नेतृत्वको सरकारले महिला हिंसाको घटनामा कस्तो कदम चाल्छ भनेर नजिकबाट नियाल्ने र पीडितहरुको न्यायको पक्षमा कदम नचाले संघर्षलाई सशक्त बनाउने पनि उनको चेतावनी छ । उनले भोलिबाट सडक संघर्ष समितिले मौन आन्दोलन सुरु गर्ने बताइन् ।

समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाहीको राजीनामासमेत मागेको छ । उनले भनिन्,‘खबरदार छ सुधिरराज शाहीलाई, तपाईंले निश्पक्ष छानबिन नगरेर गलत तरिकाको छानबिन गर्नुभयो, तपाईंको यो छानबिनप्रति असहमति जनाउँदै तपाईंको एसपीबाट राजीनामा माग्छौं । महिला आयोगको अध्यक्षको पनि राजीनामा माग्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्