राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ७६ (१)अनुसार बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको शपथलगत्तै अन्य मन्त्रीहरूको पनि शपथ गराइनेछ । बालेनपछि अर्थमा स्वर्णिम वाग्ले, गृहमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र कानूनमा सोविता गौतमको नाममा सहमति जुटेको रास्वपा स्रोतले बतायो ।
यसैगरी, ऊर्जामा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेश सिंह, सञ्चारमा विक्रम तिमिल्सिना, सामान्य प्रशासनमा प्रतिभा रावल,स्वास्थ्यमा निशा मेहता, कृषिमा गीता चौधरी, श्रममा दीपक शाह, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा खडक पौडेल (गनेस) र महिला बालबालिकामा सीता वादीलाई मन्त्री बनाउने सहमति भएको स्रोतको दाबी छ ।
यद्यपि, औपचारिक रूपमा कसैले पनि यसबारे बताएका छैनन् ।
बालेनले आजै मध्यान्ह १२:३४ मा शपथ लिने कार्यक्रम छ । लगत्तै मन्त्रीहरूको शपथ हुनेछ ।