एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित

<span class='c1'>एमाले प्रदर्शनका क्रममा सात जना</span> <span class='c2'>पक्राउ, सवारी आवागमन दिनभर प्रभावित</span>

काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताले देशभर आन्दोलन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो ।

भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसैक्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका पवन भट्टराईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । भट्टराईका अनुसार एक जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

सुरक्षामा खटिएका प्रहरीहरुले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए । प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्