अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

<span class='c1'>अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज</span> <span class='c2'>सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने</span>

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी छ । हिजो पार्टी सम्बद्ध जनसङ्गठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष ओली पक्राउका विषयमा बिहान १०ः३० बजे कानुनविसँग अन्तर्संवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार सङ्गठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्