विराटनगर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ग्रामथान शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको ग्रामथान–६ धनीगाउँस्थित पब्लिक माध्यमिक विद्यालय लाई पानी शुद्धीकरण मेसिन प्रदान गरेको छ ।
बैंकले विद्यालय परिसरमा विद्यार्थी तथा कर्मचारीहरूका लागि सुरक्षित र सफा पिउने पानी सुनिश्चित गर्ने उद्देश्यले उक्त मेसिन जडान गर्न सहयोग गरेको जनाएको छ। यस पहलबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य तथा सरसफाइमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
शाखाका अप्रेशन ईन्चाज तेजस्वीराज कोईरालाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे। उनले भने, “विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु अत्यन्त आवश्यक छ। यसैलाई मध्यनजर गर्दै हामीले पानी शुद्धीकरण यन्त्र उपलब्ध गराएका हौं, जसबाट विद्यार्थी तथा शिक्षक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।”

स्थानीय स्तरमा गरिएको यस्तो सहयोगले समुदायसँग बैंकको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
साथै बैंकले विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरिएको थियो । बैकका शाखा मेनेजर देवशरण मेहताले बैंकिङ्ग कारोबार सम्बान्धी अभिमुकरण गराएको थिए ।
