सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

<span class='c1'>सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु</span> <span class='c2'>हुँदा खुसी : अमरेस कुमार सिंह</span>

काठमाडौं । अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएकोप्रति खुसी व्यक्त गरेका हुन् ।

सिंहले लेखेका छन् कि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा सरकारले थालेको प्रयास आमजनताले पनि महसुस गरिरहेको छ । उनले उक्त अभियानलाई निरन्तरता दिन सरकारलाई आफ्नो पूर्ण समर्थन रहने उल्लेख गरेका छन् ।

उनका अनुसार केवल सरकारले मात्रै परिवर्तन चाहेर सम्भव नहुने भएकाले आम नागरिकको सक्रिय साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको छ ।

उनले अहिलेको समय नेतृत्वलाई साथ दिएर अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण नेपालीलाई सकारात्मक ऊर्जा प्रदान गर्दै सुशासनको अभियान सफल बनाउन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्