मेरिल्याण्ड कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाइ

<span class='c1'>मेरिल्याण्ड कलेजद्वारा कक्षा १२</span> <span class='c2'>का विद्यार्थीहरुको बिदाइ</span>

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ। आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले शनिबार शुभकामनासहित बिदाइ गरेको हो।

 

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार व्यवस्थापन संकायको २३औँ ब्याचका ६८७ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो। कार्यक्रममा बोल्दै प्रिन्सिपल ढकालले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मेरिल्याण्डका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरकै गरिमा बढाउने विश्वास व्यक्त गरे ।

यसअघि २०८० सालको कक्षा १२ को परीक्षामा ३.९६ जीपीए ल्याएर यस कलेजका विद्यार्थीद्वय रीतिमा कठेत र राजीव कुमार यादव नेपाल प्रथम हुन सफल भएका थिए। सोही सफलताको विरासतलाई यस वर्षका विद्यार्थीहरूले पनि निरन्तरता दिने अपेक्षा कलेजले राखेको छ।

विदाई कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, कलेजका निर्देशकहरू प्रा.डा. पी.के. झा, डा.मनोज गुप्ता, भेषराज पोखरेल, नन्दकिशोर अग्रवाल, प्रदीप भगत, डा. शिवनारायण यादव र जयराज राजवंशी लगायतको उपस्थिति रहेको थियो। उनीहरुले विदाई भएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्