मोरङको बूढीगंगामा उद्योगभित्र लडेर कामदारको मृत्यु

<span class='c1'>मोरङको बूढीगंगामा उद्योगभित्र</span> <span class='c2'>लडेर कामदारको मृत्यु</span>

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित एउटा उद्योगमा काम गर्ने कामदारको लडेर मृत्यु भएको छ ।  बूढीगंगा गाउँपालिका–३ स्थित हाईटेक कार्पेट प्रा.लिमा कार्यरत महोत्तरी घर भएका करिब ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो करिब ३ः३० बजे उद्योगभित्र रहेको धारामा हात धुने क्रममा उनी अचानक लडेर बेहोस भएका थिए ।  घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ करिब ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्