सम्राट स्पोर्टिङ क्लब विराट गोल्डकपमा पहिलो पटक सहभागिता

<span class='c1'>सम्राट स्पोर्टिङ क्लब विराट</span> <span class='c2'>गोल्डकपमा पहिलो पटक सहभागिता</span>

विराटनगर चैत्र २४ ,

मोरङ ‘ए’ डिभिजन आठ पटकको च्याम्पियन सम्राट स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाउँदै छ। स्थानीय क्लबका लागि यो अवसर केवल प्रतिस्पर्धा होइन, आफ्नो पहिचान बनाउने सुनौलो मौका हो। विराटनगरमा आउँदो चैत २८ गतेबाट विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्लबले विगत वर्षौँदेखि जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र समुदायको क्राउड ,फन्डिङ तथा कमिटी आधारित व्यवस्थापनबाट सञ्चालन हुँदै आएको छ। सीमित स्रोतका बाबजुद पनि स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई अगाडि बढाउँदै आएको क्लबले गोल्डकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

क्लबका पदाधिकारीहरूले स्थानीय फुटबलप्रेमी र समर्थकहरूलाई पुनः सहयोग र साथ दिन अपिल गरेका छन्, ताकि सम्राट स्पोर्टिङ क्लबले आफ्नो पहिलो विराट गोल्डकप अनुभव सफलतापूर्वक पूरा गर्न सकोस्।

सम्राट स्पोर्टिङ क्लबसँग हातेमालो गर्नुहोस्  सफलताका लागि तपाईंको साथ आवश्यक छ!

सहयोगको लागि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्