विराटनगरको मालपोत अगाडीका लेखापढी व्यवसायीद्धारा भु–सेवा बन्द, सेवाग्राही मारमा

<span class='c1'>विराटनगरको मालपोत अगाडीका लेखापढी व्यवसायीद्धारा</span> <span class='c2'>भु–सेवा बन्द, सेवाग्राही मारमा</span>

विराटनगर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, इकाई समिति विराटनगरले भू–सेवा बन्द गरेपछि आजबाट मालपोत कार्यालय विराटनगरको कामकाजमा अवरोध पुगेको छ । राज्यले आफूहरूलाई अपराधी जस्तो व्यवहार गरेको र देशभर धरपकड जारी राखेको विरोधमा व्यवसायीहरूले आज मालापोत कार्यालय विराटनगरमा सेवा ठप्प पारेपछि सेवाग्राही मारमा परेका छन् ।

विराटनगरमा २८ वटा भू–सेवा प्रदायक अनुमतिप्राप्त लेखापढी व्यवसायी र ५ वटा भू-सेवा मात्र प्रदान गर्ने फर्म गरी कुल ३३ वटा आधिकारिक युनिटहरू रहेका छन् । यी सबैले सेवा रोकेपछि मालपोतमा हुने जग्गाको किनबेच, नामसारी, रोक्का तथा फुकुवा लगायतका मुख्य प्रशासनिक कार्यहरू पूर्णरूपमा प्रभावित भएका छन् ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मोरङका अध्यक्ष कञ्चन न्यौपानेका अनुसार सरकारसँग विधिवत अनुमति लिएर र आवश्यक धरौटी जम्मा गरेर काम गर्दागर्दै पनि अपमानित हुनुपरेकाले काम गर्ने वातावरण नभएको हो । ‘हामीले प्रतिफर्म ५० हजार रुपैयाँ धरौटी राखेर र संघको तर्फबाट थप २ लाख रुपैयाँ धरौटी राखेर कानुन सम्मत रूपमा भू–सेवा सञ्चालन गरिरहेका छौं,’ अध्यक्ष न्यौपानेले भने ‘तर लाइसेन्स भएका व्यवसायीहरूलाई पनि विनाकारण पक्राउ गर्ने, दुःख दिने र अपमानित गर्ने काम भइरहेको छ । यस्तो अवस्थामा कार्यालय गएर सेवा दिन सक्ने स्थिति छैन ।’

विराटनगर मालपोतमा दैनिक सयौँको संख्यामा आउने सेवाग्राहीहरू आज काम नभएपछि रित्तो हात फर्कनुपरेको छ । अनलाइनबाट मात्र हुने भू–सेवाका कार्यहरू निजी क्षेत्रका व्यवसायीहरूले रोकेपछि सेवाग्राहीको चाम घटेको प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्