विराटनगर । यसपटकको ३८ औँ सन्ध्याकालिन बिराट गोल्ड कप फुटवल प्रतियोगिता चैत्र २८ गतेदेखी शहिद रंगशालामा सुरु हुने भएको छ ।
“फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप” भन्ने मूल नाराका साथ यसपटकको प्रतियोगिता बिराट गोल्डकप ट्रष्ट आफैले गर्ने भएको छ ।
ट्रष्टले बुधबार शहिद रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरि चैत्र २८ गतेदेखी सुरु भई बैशाख ५ गते सम्पन्न हुने जनाएको छ । प्रतियोगिताको शिर्ष प्रायोजकको रुपमा यसपटक नोवेल मेडिकल कलेज रहेको छ ।
प्रतियोगितामा यसपटक भारत सहित नेपालका ८ वटा फुटवल टिमले सहभागिता जनाउने ट्रष्टका अध्यक्ष किशोर शाहीले पत्रकार सम्मलेलनमा जानकारी दिए ।
यसपटक काठमाडौका नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी फुटल क्लव, मच्छिन्द्र फुटवल क्लव, नेपाल ए पि एफ फुटवल क्लव, चर्ज व्याइज फुटवल क्लव, सम्राट स्पोटिङ क्लव, विराटनगर, मोरङ, झापा ११ फुटवल क्लव, झापा र अल झारखण्ड विर्षा मुण्डा फुटवल एकेडेमी, झारखण्ड, भारतले सहभागिता जनाउदैछन् ।
प्रतियोगिताको विजेतालाई नगद ११ लाख, उपविजेतालाई नगद ५ लाख, उत्कृष्ट पशिक्षकलाई नगद १५ हजार, उत्कष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकतालाई नगद १५ हजार, सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । दैनिक हुने खेलमा उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार प्रदान गर्ने भएको छ ।
यसपटको विराट गोल्डकप फुटबल प्रतियोगिताको लागि कूल अनुमानित खर्च १ करोड ५ लाख लाग्ने भएको छ ।