विराटनगर । प्रहरीले विराटनगर–५ बाट बुधबार झण्डै दुईलाखको सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकलको नम्बर छ, बीआर ३८ एए ६६५२ नम्बर । यस्तो नम्बर भएको मोटरसाइकल आफैंमा शंकास्पद छ ।
भारतको बिहार लेखिएको मोटरसाइकलमा अरु नम्बर नेपालीमा रहेको छ । त्यसमाथि यसको संकेत अंग्रेजीको ‘एए’ रहेको छ । बुधबार राती १० बजे विराटनगर ५ मा भन्सार छली गरेर ल्याएका सामानसहित प्रहरीले वेवारिसे अवस्थामा यसलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिदाँ कपडा, सुकेको खुर्सानी त्यसमो रहेको थियो ।
मोटरसाइकल चालक भने प्रहरीले नियन्त्रणमा लिएको छैन । तर, यसमा १७६ थान कुर्तासुरुवाल, सुकेको खुर्सानी ४५ केजी बरामद भएको थियो । प्रहरीले कुर्तासुरुवालको एकलाख ९३ हजार ६००, खुर्सानीको ६ हजार ७५० र मोटरसाइकलको एकलाख ५ हजार मूल्यांकन गरेर भन्सारमा बुझाएको छ । मोटरसाइकलको नम्बर हेर्दा चोरी गरेको आशंका सिर्जना हुने किसिमको रहेको छ ।
