विराटनगर: साइकलमै आधारित दिगो शहरको सपना

<span class='c1'>विराटनगर: साइकलमै आधारित</span> <span class='c2'>दिगो शहरको सपना</span>

बिराटनगर। आजको अवस्थामा साइकल र ई–रिक्सा प्रयोग हुने सहर मात्र होइन, भविष्यमा नेपालको पहिलो “साइकल सिटी” बन्न सक्ने स्पष्ट सम्भावना बोकेको सहर हो। पछिल्ला केही वर्षमा यहाँ भएका साइक्लिङ गतिविधिहरूले यो सम्भावनालाई बलियो आधार दिएका छन्। “कोरा साइकलिङ च्यालेन्ज बिराटनगर”, “साइक्लोथन ७.० बिराटनगर”, “पेडल फर लाइफ साइकल र्‍याली”, “बिराटनगर साइकल र्‍याली (आशा अभियान)”, “रोटरी साइकलिङ फर सोसाइटी (कोरा २०२०)”, “साइकल सिटी सचेतना यात्रा बिराटनगर”, “एनवाइइएफ बिराटनगर साइकल कार्यक्रम”, “विश्व साइकल दिवस राइड बिराटनगर”, “बिराटनगर–इटहरी साइकल यात्रा” र “हरित यातायात साइकल र्‍याली बिराटनगर” जस्ता कार्यक्रमहरूले देखाउँछन् कि यहाँ साइकल केवल साधारण यातायातको साधन होइन, सामाजिक आन्दोलन, स्वास्थ्य अभियान र दिगो भविष्यको संकेत बन्दै गएको छ।

यी कार्यक्रमहरूमा युवादेखि सर्वसाधारणसम्मको सक्रिय सहभागिता देखिन्छ, जसले सहरको सोच परिवर्तन हुँदै गएको प्रमाणित गर्छ। अब प्रश्न कार्यक्रमहरूको सूचीमा सीमित हैन, प्रश्न हो—किन बिराटनगरलाई औपचारिक रूपमा “साइकल सिटी” बनाउनु सकिन्न ? र किन आवश्यक छ?
पहिलो र सबैभन्दा ठोस कारण हो प्रदूषण नियन्त्रण। बढ्दो मोटरसाइकल र सवारी साधनका कारण हावाको गुणस्तर बिग्रँदै गएको छ, र साइकललाई प्राथमिकता दिएमा यो समस्या तत्काल घटाउन सकिन्छ। दोस्रो कारण हो सस्तो र सबैका लागि पहुँचयोग्य यातायात। साइकल कुनै पनि वर्गका मानिसले सजिलै प्रयोग गर्न सक्छन्, जसले सामाजिक समानता र गतिशीलता बढाउँछ। तेस्रो कारण हो स्वास्थ्य- सुगर, ब्लड प्रेसर ,डिप्रेसन,अन्जाईटी आदि दैनिक साइकल प्रयोगले शारीरिक तन्दुरुस्ती बढाउँछ, मुटुरोग, मोटोपन र अन्य रोगहरूको जोखिम पनि घटाउँछ। चौथो कारण हो ट्राफिक व्यवस्थापन। अहिले नै साइकल लेन र पूर्वाधार विकास गरिएमा भविष्यमा हुने जाम र अव्यवस्था धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।बिराटनगरको बाटो साङ्हुरो छ अब को दशबर्शमा बिराट्नगरको सडक काठमाडौ को अशन जस्तो हुने छ । पाँचौँ कारण हो सहरको पहिचान र ब्रान्डिङ। यदि बिराटनगरलाई “नेपालको साइकल सिटी” का रूपमा स्थापित गर्न सकियो भने, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउनेछ। यसले पर्यटन, लगानी र सकारात्मक छवि निर्माणमा समेत सहयोग पुर्‍याउँछ।

बिराट्नगरमा काम गर्ने, दैनिक आवतजावत गर्ने सहर वरिपरिका गाउँ बस्ती वा यहाँको जनजीवन बिताउने धेरै मानिसहरू आज पनि साइकलमै निर्भर छन्। यो केवल विकल्प होइन, वास्तविकता हो। बिहान काममा जाने श्रमिकदेखि विद्यार्थी, साना व्यापारीदेखि सेवामा खटिने कर्मचारीसम्म—साइकल यहाँको दैनिकीको हिस्सा भइसकेको छ। अझ पछिल्लो समय पेट्रोलको अभाव, मूल्यवृद्धि र अनिश्चितताले स्पष्ट देखाएको छ कि मोटरमा आधारित यातायात दीर्घकालीन समाधान होइन। “कहिले पेट्रोल पाइन्छ, कहिले पाइँदैन वा नपाइयेला भन्न्सकिन तर तेति सहज भने हुन्न” भन्ने अन्योलबीच टिकाउ, सस्तो र भरपर्दो माध्यम भनेको साइकल नै हो। यही वास्तविकता बुझ्ने हो भने, अहिलेको समय नै बिराटनगरलाई “साइकल सिटी” का रूपमा अघि बढाउने सबैभन्दा उपयुक्त समय हो। बनारश जस्तो सहरमा साइकल प्रयोग परम्परागत रूपमा भए पनि, त्यहाँको भीड र संरचनाले नयाँ योजना लागू गर्न कठिन बनाएको छ।बाटो लग्भग बिराट्नगर जस्तै छ तर बिराटनगरसँग त्यो समस्या छैन यहाँ अझै योजना बनाउन, सुधार गर्न र भविष्यको दिशा तय गर्न सकिन्छ।

यसैले, अहिले भइरहेका साइक्लिङ कार्यक्रमहरूलाई केवल कार्यक्रममै सीमित नराखी नीति, पूर्वाधार र जनचेतनासँग जोड्न आवश्यक छ। छुट्टै साइकल लेन, सार्वजनिक साइकल शेयर प्रणाली,साइकल फर रेन्ट ,कार्यलय, विद्यालय र कलेज केन्द्रित अभियान, र निजी क्षेत्रको सहभागिता जस्ता कदमहरू चालिएमा बिराटनगरले छोटो समयमै उदाहरणीय रूपान्तरण देखाउन सक्छ। हामी बिराट्नगरबाशि स्पष्ट हुनुपर्छ —आधार तयार भइसकेको छ, समुदाय तयार छ, र आवश्यकता पनि स्पष्ट छ अब आवश्यक छ केवल स्पष्ट निर्णय र कार्यान्वयन को । बिराटनगरमाहानगरपालिकाले यदि अहिले कदम चाल्यो भने, यो केवल सहरको विकास होइन, नेपालको दिगो शहरी भविष्यको नेतृत्व गर्ने अवसर हुनेछ।

-अच्युत गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्