विराटनगरमा पानीको निकासका लागि नाला सरसफाई तीव्र

<span class='c1'>विराटनगरमा पानीको निकासका लागि</span> <span class='c2'>नाला सरसफाई तीव्र</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबानको जोखिम न्यूनीकरण गर्न नाला सरसफाई अभियानलाई तीव्र बनाएको छ। विगतका वर्षहरूमा वर्षाको पानी निकास नहुँदा अधिकांश वडामा सडक जलमग्न हुने, पानी जमेर यातायात अवरुद्ध हुने तथा घर–पसलमा समेत पानी पस्ने समस्या देखिँदै आएको थियो।

नालाहरूमा थुप्रिएको फोहोरका कारण पानीको बहाव अवरुद्ध हुँदा बस्तीमै पानी जम्ने र सयौँ घरपरिवार प्रभावित हुने गरेका थिए। यसै समस्यालाई समाधान गर्न महानगरको सरसफाई महाशाखाले प्राथमिकताका आधारमा विभिन्न वडामा सरसफाई अभियान सञ्चालन गरिरहेको जनाएको छ। स्थानीयवासीले नाला सफा नभएका कारण दुर्गन्ध फैलिने, सर्पको जोखिम बढ्ने गुनासो गर्दै आएका थिए। सोही गुनासोलाई मध्यनजर गर्दै महानगरले बढी समस्या देखिएका क्षेत्रमा प्राथमिकताका साथ सरसफाई थालेको हो।

महानगरपालिका सरसफाई तथा व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालका अनुसार हाल दुर्गा चौक, तीनपैनी रोड तथा डिपिएस स्कुल आसपासका नालाहरूमा सरसफाई कार्य भइरहेको छ। उनका अनुसार अहिले ४० देखि ५० जना कामदार खटाएर अभियानलाई तीव्र बनाइएको छ।

दाहालले केही स्थानीयले व्यक्तिगत प्रयोजनका लागि बालुवा, गिटी, इँटा, सिमेन्ट जस्ता सामग्री नालामाथि तथा सडक किनारमा राख्ने गरेको कारण सरसफाईमा अवरोध हुने गरेको बताए। यस्ता गतिविधिले सर्वसाधारणलाई आवतजावतमा समेत समस्या हुने भएकाले अब महानगरले त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई जरिवाना गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले वर्षायामअघि नै नाला सरसफाई सम्पन्न गरी विगतका समस्या दोहोरिन नदिने लक्ष्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्