मतदान गराएर राईजिङ्ग नेपालको क्याप्टेन छनौट

<span class='c1'>मतदान गराएर राईजिङ्ग</span> <span class='c2'>नेपालको क्याप्टेन छनौट</span>

दुई बर्ष अगाडी नयाँ व्यवस्थापन सहित संचालनमा आएको विराटनगर २१ मा रहेको द राईजिङ्ग नेपाल सेकेन्डरी स्कुलले निर्वाचन पद्धतीबाट स्कुल क्याप्टेन छनौट गरेको छ ।
मुलुक अहिले निर्वाचनमा होमिरहेको अवस्थामा स्कूलले भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्ना क्याप्टेन छानेका छन् । स्कूल परिसरमा भएको ‘सेलेक्सन वाई ईलेक्सन ’ नाम दिएर क्याप्टेन तथा मनिटर छनौट गरिएको हो ।
कक्षा ३ देखी कक्षा १० सम्मका क्याप्टेन तथा भ्वाइस क्याप्टेन छनौट गरिएको स्कुलका प्रिन्सिपल असलम आलवले जानकारी दिए । यसरी क्याप्टेन छनौटमा कक्षा १० बाट गौरव चौधरी, ९ बाट एम.डी अखबर, ८ बाट रोहित खाव ,७ बाट प्रभेष पण्डित , ६ बाट सहमत आलम, ५ बाट देवा साह, ४ ए बाट निक्की ठाकुर, ४ बी बाट जेविका कार्की , ३ ए बाट समसेर आलम र ३ बी. बाट नविन शाह चुनिएका छन् ।
त्यसैगरी स्कूल हेन क्याप्टेनमा अजिम प्रविन छात्र निर्विरोध चयन भए । निर्वाचित क्याप्टेन तथा भ्वाईस क्याप्टेनहरुलाई स्कुलका प्रबन्धक संचालक संन्जीव शाह, प्रिन्सिपल असलम आलम तथा अन्य शिक्षक शिक्षिकाहरुले व्याज तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्