शिक्षादिप कलेजको चौंथो संस्करणको जलवायु परिवर्तन सम्मेलनमा ‘थोरियम’ समूह विजयी

<span class='c1'>शिक्षादिप कलेजको चौंथो संस्करणको जलवायु</span> <span class='c2'>परिवर्तन सम्मेलनमा ‘थोरियम’ समूह विजयी</span>

विराटनगर । जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर र त्यसको न्यूनीकरणका उपायबारे विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुले खोजमूलक मन्थन गरेका छन् ।
कलेजले आईतबार बिहान सिटी प्यालेसको सभाहलमा आयोजना गरेको ‘चौथो जलवायु परिर्वनबारे सम्मेलन’ मा विद्यार्थीहरूले अनुसन्धानमा आधारित प्रस्तुतिमार्फत वातावरणीय संकट समाधानका उपायहरू सुझाएका हुन् ।


कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरूमध्येबाट छनोट भएका ९ वटा समूहले सम्मेलनमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा ‘थोरियम’ समूह उत्कृष्ट घोषित हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त समूहमा प्रिया दर्नाल, एलिना भगत, काजल यादव, करुणा प्याकुरेल, सिमरन तिवारी र तनुजा कार्की सहभागी थिए ।
त्यस्तै, व्यक्तिगत विधातर्फ ‘प्लुटोनियम’ समूहका रिजु अधिकारी उत्कृष्ट ‘कन्टेन्ट मेकर’ र केशव झा उत्कृष्ट प्रस्तोता घोषित भए । सम्मेलनको मुख्य मूल्याङ्कनकर्तामा प्रा.डा. शिवकुमार राई र सह–प्राध्यापक कुलप्रसाद लिम्बू रहेका थिए ।


सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जलवायु परिवर्तनको गम्भीरतालाई बुझेर विद्यार्थीहरूले गरेको खोज र चिन्तन प्रशंसनीय रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनको सामना गर्न युवा पुस्ताको यस्तै सिर्जनशील सोच र वैज्ञानिक खोजको खाँचो छ । विद्यार्थीको यो योगदानले नीति निर्माण तहमा पनि ऊर्जा दिनेछ ।’


शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी विश्वव्यापी समस्यामा अनुसन्धान गर्न प्रेरित गरिएको बताए । ‘भोलि विश्व हाक्ने युवाले नै हो, त्यसैले उनीहरूलाई क्लाइमेट चेन्जका कारण र समाधानका उपायबारे रिसर्चमा आधारित रहेर बोल्न सक्ने बनाउन हामीले हरेक वर्ष यो सम्मेलन गर्दै आएका छौँ,’ उनले भने ।


कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. बिजुकुमार थपलिया, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाललगायतले विद्यार्थीहरूको खोजमूलक कार्यले वातावरणीय सचेतना फैलाउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कलेजले विगत चार वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको यस सम्मेलनले विद्यार्थीहरूमा वैज्ञानिक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्