विराटनगर अाँखा अस्पताल माेडमा हतियार प्रहार, बागमती प्लास्टिकका प्राेडक्सन मेनेजर घाइते

<span class='c1'>विराटनगर अाँखा अस्पताल माेडमा हतियार प्रहार,</span> <span class='c2'>बागमती प्लास्टिकका प्राेडक्सन मेनेजर घाइते</span>

मोरङको विराटनगर -१३ स्थित विराटनगर आँखा अस्पताल जाने मोडमा हिजाे शुक्रबार अज्ञात समुहको धारीलो हतियार प्रहारबाट बागमती प्लाष्टीक फ्याक्ट्रीका प्रोडक्सन मेनेजर ४५ बर्षिय संजय मंडनवाड घाइते भएका छन्।
बेलुका ९ बजेतिर फ्याक्ट्रिबाट घरतर्फ पैदल जाने क्रममा मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथी धारीलो हतिरयार प्रहार गरेका हुन्।
धारीलो हतियारबाट टाउँकोमा चोट लागेका संजयको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने धारीलो हतियार प्रहार गर्ने समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्