विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।
यि दुइ सहरलाइ महानगरपालिका बनाउनुपर्ने माग मुख्य गरि प्रतिनिधि मण्डलमा सांसदहरु महेश आचार्य, भरतमोहन अधिकारी, मिनेन्द्र रिजाल, दिलिप गच्छदार, डिकबहादुर लिम्बु, शिवकुमार मण्डल, अमृत अर्याल, फरमुल्ला मन्सुर र आनन्द ढुंगानाहरूकाे टाेलीसँग कुरा गर्दै यि जानकारी प्रधान मन्त्रिले गराएका हुन् । सीमाना हेरफेर नगरी सरकारले दुई उपमहानगरपालिकालाई महानगर बनाउने तयारी गरेको जानकारी प्रधानमन्त्री दाहालले गराएको भनी प्रतिनिधि मण्डलमा सामेल सांसद अमृत अर्याललाइ उदृत गर्दै कान्तिपुर दैनिकले समाचार सम्प्रेशन गरेकाे छ । उक्त टाेलीले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सयुक्त रूपमा भेटेका थिए ।
महानगरपालिका बनाउन आवश्यक पूर्वाधार रहेकाले पनि तत्काल घोषणा गर्न प्रतिनिधि मण्डले प्रधानमन्त्रीसँग जोड गरको थिए । ‘प्रजातान्त्रिक आन्दोलनमा विराटनगर र वीरगन्जले पुर्याएको योगदान, मजदूर आन्दोलनको केन्द्र, वीपी, गिरिजाप्रसाद र मनमोहनको गृहजिल्ला, औद्योगिक केन्द्रलगायतको आधारमा पनि महानगर बनाउनु पर्छ भन्ने हाम्रो जोड रह्यो,’ अर्यालले भने, ‘प्रधानमन्त्रीले तत्काल घोषणा गर्ने वचन दिनु भएको छ ।’